काठमाडौं ! बिहिबार पहेलो धातु सुनको मूल्य घटेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ९६ रुपैया कायम भएको छ ।