काठमाडौं ! शुक्रबार पहेलो धातु सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । यो दिन सुुनको मूूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूल्य प्रति तोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४० हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएकोछ । अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३९ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम थियो ।