आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार पहेंलो धातु सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ९०० रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३८ हजार २९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६९७ रुपैयाँ  ५० पैसा कायम भएको छ ।