गभर्नर अधिकारी आजबाट राष्ट्र बैंकमा

काठमाडौं ! नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किनु भएको छ।
सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किनु भएको हो।

गभर्नर अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *