गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किनु हुँदै

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै हुनुहुन्छ ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी भएपछि अधिकारी नियमित काममा फर्किन लाग्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *