सरकारले आफूलाई अन्यायपूर्ण तवरले निलम्बन गरेको भन्दै महाप्रसाद अधिकारी सर्वोच्चमा

काठमाडौं ! नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत जानुभएको छ। गभर्नर अधिकारी आफूमाथिको कारबाही बदर गर्दै काममा फर्किन मागसहित सर्वोच्च अदालत जानू भएको हो।

आफू निकटका कानुन व्यवयासीहरुसँगको परामर्शपछि गभर्नर अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुग्नुभएको हो। गत २५ चैतमा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *