प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं– सत्तागठबन्धनका तीन नेताबीच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता जारी रहेको एक नेताले बताए।

तीन नेताबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *