सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ – आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको थियो । त्यसबारे थप छलफल गर्न आज बैठक बस्ने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *