सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बागमती प्रदेशसभाका विषयमा छलफल गर्नका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । नेपाली काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए ।

यसअघिको गठबन्धन सरकारमा पनि समालेर रहेको नेकपा एकीकृत समाजवादीले बागमतीमा आलोपालो मुख्यमन्त्री नपाए जम्मकट्टेलाई विश्वासको मत नदिने अडान लिएको छ ।