काठमाडौं ! नयाँ सत्ता-गठबन्धनको कार्यदल बैठक मंगलबार बस्ने भएकाे छ। आज दिउँसाे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय भागबन्डाका लागि बैठक बस्न लागेको हाे।
नयाँ सत्ता गठबन्धनमा नेकपा एमालेका शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले मन्त्रालयको भागबन्डाका विषयमा छलफल गर्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार नेपाली कांग्रेससँगकाे गठबन्धन ताेडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। उनले हिजाे सबै मन्त्रीहरूलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।