मन्त्रालयको भागबण्डा टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं ! नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन आज दिउँसो बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष कपी शर्मा ओलीले मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई दिनुभएको छ।

आज बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।

उक्त कार्यदलले सुझाव सहितको खाका अध्यक्ष ओली र प्रधानमन्त्री दाहाललाई संयुक्त रुपले बुझाउने छ।