राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लाग्यो सिटको टुंगो

काठमाडौं !  राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो लागेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका १९ सिटमा भागबण्डा टुंगो लगाएको हो। बैठकले नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी सिटको टुंगो लगाएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन्।