गठबन्धन दलको बैठक बालुवाटारमा जारी : एमालेसँग सहकार्य गर्नैपर्ने बाध्यतामा नेताहरु

काठमाडौं ! राष्ट्रियसभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारूढ गठबन्धन दलहरूको बैठक जारी छ।

बैठकमा एमालेसँग पनि सहकार्य गर्ने विषयमा छलफल हुन लागेकाे हाे। बैठक केहीबेर अगाडिबाट सुरु भएकाे जनाइएको छ।

बुधबार साँझमात्र एमाले अध्यक्षसँग गठबन्धनका शिर्ष नेताहरुले छलफल गरेका थिए। छलफलको निष्कर्ष भने बताइएको छैन। गठबन्धन दलले एमालेसँग सहकार्य गरेर नजाँदा आफुहरुलाई जनाततैबाट घेराबन्दी हुने महसुस गरेपछि एमालेलाई पनि साथमै लिएर जान मन्जुर भएका हुन् ।