सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं !  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीचकाे बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी रहेका प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।

सचिवालयका अनुसार बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयबारे छलफल भइरहेको हाे।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संसद्‌मा विचाराधीन रहेको छ।

शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै याे विधेयक पास गर्ने तयारी छ।