उच्चस्तरीय राजनैतिक समितिको बैठक बालुवाटारमा जारी

काठमाडौं ! प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनद्रारा गठित उच्चस्तरीय राजनीतिक समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी बिहीबारको बैठकमा उच्चस्तरीय राजनीतिक समितका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।

बैठकमा आगामी राष्ट्रिय सभाको निर्वाचन, एमसीसी परियोजना, संसद्को गतिरोध, प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *