सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी

काठमाडौं ! सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। ​

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बसिरहेकाे हाे।

एनसेलको शेयर खरिदबिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ।