सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत : एमालेले गर्‍यो संसदमै प्रतिवाद

काठमाडौं ! कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंबैधानिक तवरले विश्वासको मत लिएको भन्दै बिपक्षी दल एमाले लगायतका दलहरु सदनमै आक्रोशित बनेका छन् । आज मुख्यमन्त्रीले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ। एमालेले उक्त विश्वासको मतलाई धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने र अदालत जाने बताएको छ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो।

उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो ।

उहाँले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गर्नु भयो । संविधान अनुरुप सभाध्यक्षले बराबरी मत बाहेक अन्य समयमा पक्ष वा विपक्षमा मत हाल्न नपाउने स्पष्ट उल्लेख गरेको छ। अघिल्लो पटकपनि विश्वासको मत लिंदा सभामुखको मत प्रयोग गरिएकोले सर्वोच्च अदालतले त्यो असंबैधानिक भनेर मुख्यमन्त्री थापालाई नै बर्खास्त गरेको थियो। सोही नजिर अनुरुप यो पटकपनि मुख्यमन्त्री थापाले विश्वासको मत पाउने स्थिती थिएन तर मुख्यमन्त्री थापा र गठबन्धन दलले फेरि संविधान मिचेकोले एमाले आक्रोशित बनेको छ। एमाले र राप्रपाले आज सदनमै उक्त कार्यको प्रतिवाद गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *