गठबन्धनले एमसीसीलाई टुंगोमा पुर्याउन ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । आइतबार बसेको सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) लाई टुंगोमा लैजान ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

गठबन्धनले कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि गठबन्धनको बैठक बसेको थियो । त्यसपछि सर्वदलीय बैठक डाकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *