बालुवाटारको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धन लगायत एमाले बाहेकका दलको सर्वदलीय बैठक बालुवाटारमा बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ,राष्ट्रिय जनमोर्चा,नेमकिपा,राप्रपा,लोसपा लगायतका दलहरुको सहभागिता थियो।

बैठकमा अवरुद्ध संसद सुचारु गर्ने र एमसिसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको थियो। छलफलमा काङ्ग्रेस बाहेकका दलले यथास्थितिमा एमसिसी पास गर्न नसकिने र नहुने अडान राखेका थिए । बैठकको निर्णयबारे जानकारी दिदै संचारमन्त्री कार्कीले एमसिसी बारे आज कुनै टुंगो नलागेपनि यसलाई छिट्टै एउटा निष्कर्ष निकालेर अघि बढाइने बताउनु भयो। एमसिसीका बारेमा बाबुराम भट्टराई लगायत केही नेताले भने यसलाई अबिलम्ब पास गर्नुपर्ने बताउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *