थप एक मन्त्रालयको जिम्मेवारी लिंदै काङ्ग्रेस : नयाँ मन्त्रीको आजै शपथ

काठमाडौं ! गठबन्धन दलबाट काङ्ग्रेसले थप एक मन्त्रालय पाउने भएको छ। हिजो बसेको सत्ता गठबन्धन दलको बैठकले काङ्ग्रेसलाई थप एक मन्त्रालय दिने निर्णय गरेको हो। स्रोतका अनुसार काङ्ग्रेस नेता सुरेन्द्र आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका हुन् ।

हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महिन्द्र राय यादवलाई खानेपानी वा वन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

आज मध्याह्न साढे १२ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीको शपथ तय भएको जनाइएको छ। प्रधानमन्त्री दाहालले यो सँगै आज नवौं पटक मन्त्रीपरिषद विस्तार गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *