सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ-सत्ता गठबन्धनले बुधबार समसामयिक विषयमा छलफल गर्ने तय भएको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल गर्दैछ।

गठबन्धनको बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *