गठबन्धनमा खटपट सुरु : गण्डकीमा माओवादीले माग्यो सत्तामा आधा कार्यकाल

काठमाडौं ! गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’
अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भने, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो ।
रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताए ।
पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *