सत्ता गठबन्धन घटक ४ दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।

बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *