मन्त्रिपरिषद्लाई पुर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएपछि सत्तारुढ दलहरुको बैठक फेरि सुरु भएको छ । यो बैठकले दलहरुले पाउने मन्त्रालय र मन्त्रीहरुलाई अन्तिम रुप दिने र लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रचण्डको छ ।

प्रधानमन्त्री प्रचण्ड कृषि तथा वन विज्ञान विश्वविद्यालय, तेस्रो दीक्षान्त समारोहमा भाग लिन चितवन गएका थिए । उनी फर्किए लगत्तै सत्तारुढ दलहरुको बैठक सुरु भएको हो ।

हालसम्मको समझदारी अनुसार कांग्रेसले ८, माओवादीले ४, नेकपा एस र जसपाले २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउँने सहमति भएको छ। प्रभु साह आमजनता पार्टीबाट मन्त्री बन्नेछन् ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ कानून, स्वास्थ्य, शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन पाउने बताईएको छ। माओवादीले सञ्चार, ऊर्जा‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने सहमति भएको बताईएको छ । एकीकृत समाजवादी (नेकपा एस)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने बताईएको छ। जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने छ ।

त्यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने छ । लोसपाले श्रम पाउने र शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ ।

यद्यपि यसमा केहि तलमाथि हुन सक्ने र अहिले बस्ने बैठकले अन्तिम रुपमा दिएर आज नै मन्त्रिपरिषद विस्तार हुने दलहरुले बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *