भोलिसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धन दलको निर्णय, ९ दल सहभागी हुने

काठमाडौं ! सत्ता गठबन्धनमा रहेका दलले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले आज मन्त्रालय भागबन्डा टुंगो लगाउने भनिएपनि नसकेपछि भोली बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको हो ।

अझै कुन दलले कुन मन्त्रालय लिने टुंगो लागिसकेको छैन । तर, कुन दलले कति वटा मन्त्रालय पाउने भन्ने लगभग टुंगो लागेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भोली पुनः एक पटक गठबन्धन दलका नेताहरूसँग छलफल गरेपछि नयाँ मन्त्रीहरूको शपथ हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *