सत्ता गठबन्धनको बैठक आजपनि : मन्त्रालयको भागबन्डा टुंगोमा पुग्न सकस

काठमाडौं । मन्त्रिमण्डल विस्तारका लागि सहमति जुटाउन सत्तारुढ १० दलको बैठक आज पनि बस्दै छ । मंगलबारको बैठक निस्कर्षविहीन भएपछि आज पनि दलहरु बैठकमा जुटेका हुन् । बैठक अहिले विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

खासगरी १० दलभित्र मन्त्रालय भागबण्डाको विषयमा सहमति नजुट्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको हो । शक्तिशाली मन्त्रालयहरुमा सबै दलहरुको नजर जाँदा दलहरुबीच सहमति जुट्न सकस परिरहेको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले गृहमन्त्रालय सँगै राख्ने तयारी गरिरहेको छ । यसमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीेको पनि दाबी थियो । यद्यपि अन्तिम समयमा माओवादीले नै राख्ने लगभग निश्चि भइसकेको जनाइएको छ । वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृहमा जाने लगभग निश्चित भइसकेको स्रोतको दाबी छ ।

त्यस्तै अर्को प्रभावशाली मन्त्रालय अर्थ नेपाली काँग्रेसले लिने समझदारी भइसकेको छ ।

काँग्रेसले अर्थसहित ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३\३ मन्त्रालय दाबी गरिरहेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २ मन्त्रालयमा दाबी गरेका छन्। यो अवस्थामा सत्ता गठबन्धनमै रहेका दलहरुलाई भाग पुर्याउन प्रधानमन्त्री प्रचण्डलाई सकस परिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *