सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन तयारीलाई तिव्रता दिएका छन् । सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलभित्रका प्रमुख दलहरुसँगको छलफललाई तिव्रता दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दललाई सरकारमा सहभागी गरी भागबण्डाको तयारी भइरहेको माओवादी केन्द्र सचिव देवेन्द्र पौडेलले बताएका छन् ।

पौडेलका अनुसार भोलिसम्म मन्त्रिपरिषद् विस्तार टुगिंने सम्भावना छ । त्यसका लागि चरणचरणमा छलफल भइरहेको छ । सत्ता साझेदार दलको बैठक आजै बेलुकीसम्म बस्ने तयारी छ ।

माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्रीबाहेक अहिले चार मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसले ८ र माओवादीले थप एक मन्त्रालय पाउनुपर्ने अडान लिएका छन् । नेकपा एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयको दावी गरेको छ । जसपालाई तीन, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई एक/एक वटा मन्त्रालय दिने तयारी छ । जनमत पार्टीको तर्फबाट अब्दुल खान खानेपानी मन्त्री छन् ।

नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई दुई, जसपालाई दुई, नागरिक उन्मुक्ति, लोसपा र जनमतलाई १/१ मन्त्रालय दिने गरि छलफल अघि बढेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले पाएका मन्त्रालयहरू उपलब्ध गराउनुपर्ने सर्त अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *