उपराष्ट्रपतिबारे सहमति खोज्न १० दलिय गठबन्धनको बैठक आजपनि

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *