सत्ता गठबन्धनमा कुरा मिलेन : उपराष्ट्रपतिमा हुने भए ३ उम्मेदवार

काठमाडौं । सत्तारुढ १० दलको बैठक बालुवाटारमा जारी छ । उपराष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउनलाई सत्ता गठबन्धनको बैठक बसिरहेको हो । तर हालसम्म उपराष्ट्रपतिको उम्मेदवार टुङ्गिन सकेको छैन ।

बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा उपराष्ट्रपतिको उम्मेदवार चुन्न सकस परिरहेको हो ।

जनता समाजवादी पार्टी जसपाले उपपराष्ट्रपतिमा महिलामा प्रमिला यादव र पुरुषमा रामसहायप्रसाद यादव गरी दुई उम्मेदवार उठाउने बताइरहेको छ ।

त्यस्तै जनमत पार्टीले ममता झालाई उम्मेदवारी उठाउने बताइरहेको छ । जसका कारण सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न सकस परेको हो ।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन मिति तय गरिएको छ । उता एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *