अध्यक्ष ओलीलाई कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित समितिले सत्ता गठबन्धन दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । शनिबार साँझ कार्यदलका संयोजक विष्णु पौडेलले प्रतिवेदन बुझाउनु भएको हो।

पुस १४ गते गठित कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सहभागिता छ । अब यो संगै गठबन्धन पुस २६ गते सरकारलाई विश्वासको मत दिलाउनतिर केन्द्रित रहनेछ। अहिलेको परिस्थिति हेर्दा प्रचण्ड सरकारले दुई तिहाई मत पाउने निश्चित देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *