माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै : ११ बजे गठबन्धनको बैठक बस्ने

काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ ।

माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *