बालुवाटार बैठक : देउवा र प्रचण्ड सहभागी बैठकमा माधव नेपालको इन्ट्री

काठमाडौं ! बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता चलिरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे प्रवेश भएकाे छ ।

देउवा–दाहाल एक्लाएक्लै वार्ता सकिएपछि अध्यक्ष नेपाल पनि बैठक कक्षमा प्रवेश गरेका हुन् । अहिले तीन नेताहरूबीच छलफल चलिरहेकाे छ ।

नयाँ सरकारमा पहिलाे चरणमै काे प्रधानमन्त्री बन्ने भन्नेमा देउवा–दाहालबीच सहमति जुटिसकेकाे छैन । माधव नेपाललाई राष्ट्रपति बन्न देउवाले प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *