सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु : पदीय झगडाले गठबन्धन आज टुट्न सक्ने

काठमाडौं : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो।

बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *