सत्ता समीकरणका लागि छलफल निरन्तर गर्ने गठबन्धनको निर्णय

काठमाडौं ! सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक सकिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनलाई निनन्तरता दिई सत्ता साझेदारीका लागि सहमति खोज्ने निर्णयपनि गरेको हो। ‘बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ,’ बैठकमा सहभागी एक नेताले भने।

शिर्ष नेताहरुले गठबन्धनलाई निरन्तरता दिने निर्णय सहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन्। उक्त विज्ञप्ति काङ्ग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले पढेर सुनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *