गठबन्धनको बैठक आजपनि : सिट बाँडफाँटमा सकस झन बढ्दो

काठमाडौं । सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक (सोमबार) पनि बस्ने भएको छ । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

सिट बाँडफाँटको टुङ्गो लगाउन आइतबार पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ । जसपाको असन्तुष्टिसँगै काङ्ग्रेस माओवादी झस्किएको छ र जसपालाई फकाउन लागि परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *