सिट बाँडफाँटमा गठबन्धनघटक जसपा र एसको गम्भीर असहमति : गठबन्धन तोड्ने चेतावनी

काठमाडौँ ! सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँटसम्बन्धी कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको पछिल्लो प्रस्तावपछि गठबन्धनभित्र असन्तुष्टि झनै बढेको हो । सिटौलाले कांग्रेसलाई फाइदा हुने गरी नयाँ प्रस्ताव ल्याएको भन्दै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेका छन् ।

उक्त प्रस्तावप्रति माधव नेपाल बैठकबाटै बाहिरिएका थिए भने उनी त्यसपछिका गठबन्धनका गतिविधिमा समाहित छैनन् । त्यसैगरी अर्को गठबन्धन घटक जसपापनि वर्तमान सिट बाँडफाँटप्रति सन्तुष्ट छैन। जसपाका शिर्ष नेताहरुले आफुहरुले वर्तमान गठबन्धन तोडेर एक्लै चुनाब लड्नुपर्ने बताउन थालेका छन् । सिट बाँडफाँटप्रति काङ्ग्रेस र माओवादी केन्द्र भने खुसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *