सत्ता गठबन्धन सिट बाँडफाँटको सहमति नजिक

काठमाडौं ! सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।

हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए । केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएको ती नेताको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *