सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । यद्यपि आजको बैठकको समय तय भइनसकेको एक नेताले जानकारी दिए ।

यसअघि भदौ ३० गते बिहिबार बसेको बैठकले निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि असोज ४ गते प्रत्यक्ष तर्फको सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको थियो ।

समानुपातिक बन्द सूची बुझाउनका लागि स्थगित भएको गठबन्धनको बैठक निर्वाचन आयोगमा बन्द सूची बुझाएसँगै नेताहरू फेरि छलफलमा जुट्न लागेका हुन्। पटक(पटक बैठक बस्दा पनि प्रत्यक्षतर्फका उम्मेदवार चुन्‍न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *