सत्ता गठबन्धनको बैठक जारी : सहमतिका लागि प्रयास हुँदै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ ।

आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *