सत्ता गठबन्धन बैठक : दैनिक बैठक बसेपनि सिट बाँडफाँट मिल्न कठिन

काठमाडौं ! सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बसेको आजको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ। आज सहमति हुने भनेर हिजो नबसी आजलाई तय गरिएको बैठक निष्कर्षमा पुग्न झनै कठिन देखिएको छ। शिर्ष नेताहरु सहित बसेको बैठकमा सिट बाँडफाँट झनै पेचिलो बनेको छ।

गठबन्धनका प्रमुख घटक काङ्ग्रेस माओवादीले आफू अनुकुल सिटहरुको दावी गरेपछि गठबन्धनका अन्य घटकहरु पनि रुष्ट बनेका छन् ।आज जसरी पनि सहमति बन्छ भनेर बसेको बैठक झन अनिर्णयको बन्दी बनेको छ। गठबन्धनका नेताका अनुसार सिट बाँडफाँट दलहरुले आफू अनुकुल खोजेकोले झनै जटिल मोडमा पुगेको बताए। गठबन्धनको बैठक फेरि भोलि बस्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *