सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं ! सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कार्यदलसहितको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल हुने गठबन्धनका नेताले बताए।

कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ, सोही प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो । अध्ययनको आधारमा कार्यदलबीच छलफल भए पनि सबै सिटमा सहमति नहुन सकेन । प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *