सिट बाँडफाँटको एजेन्डामै अड्कियो गठबन्धन : आजको बैठक समेत बस्न सकेन

काठमाडौं ! सत्ता गठबन्धनको आज बस्ने भनिएको निर्णायक बैठक स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको भनिएतापनि आन्तरिक रुपमा सिट बाँडफाँटमा गठबन्धनबिच चरम मतभेद भएपछि उक्त बैठक भोलि सम्मका लागि सारिएको हो। केही दिन यता दैनिक जसो गठबन्धनका नेताहरुले भोलि देखाउँदै भागबन्डा टुंगो लाग्ने बताउँदै आएका छन् तर सबै दलले सिटमा तलमाथि नभैदिंदा भागबन्डा गर्न सकस देखिएको छ।

गठबन्धनको अर्को बैठक भोलि चार बजे बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *