सत्ता गठबन्धनको बैठक बस्दै : सिट बाँडफाँटमा सहमति खोजिंदै

काठमाडौं ! सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *