सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौँ! आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटका लागि छलफलमा छन् । गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्य नेताहरुको बैठक आज बिहीबार पनि बस्दैछ ।

अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी गठबन्धनको बैठक बोलाइएको जनाइएको छ। पटकपटक बैठक बसिरहेपनि गठबन्धनलाई सिट बाँडफाँटमा भने समस्या आइपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *