सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौं ! सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *