काठमाडौं । सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ ।
आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ दलहरुले के कति सिट बाँडफाँड गर्ने भन्न सम्बन्धमा निर्णय गर्न बनेको कार्यदलको दास्रो बैठक बस्ने भएको हो ।
बैठक दिउँसो २ बस्ने जनाइएको छ । निर्वाचनमा तालमेल गरेर जाने दलहरुबीच प्रारम्भिक सहमति भइसकेको छ । यद्यपि कुन दलले कति सिट लिने भन्ने विषय टुंगो लाग्न सकेको छैन।
आजको बैठकले सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । यसअघि साउन २३ गते कार्यदलको पहिलो बैठक बसेको थियो ।
कार्यदलको संयोजकमा नेपाली काँग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । त्यस्तै सदस्यहरुमा पाँच दलिय गठनधनका नेताहरुपनि समेटिएका छन् । आज बन्ने मापदण्डकै आधारमा दलहरूले सिट बाँडफाड गर्नेछन् ।