सत्ता गठबन्धनको बैठक बस्दै : निर्वाचनको मिति बारे निष्कर्षमा पुग्ने

काठमाडौं ! सत्ता गठबन्धनको बैठक आज बिहान पुनः बस्दैछ । उक्त बैठकबाट गठबन्धनमा निर्वाचनको मिति सम्बन्धि साझा धारणा बन्ने जनाइएको छ। त्यस लगत्तै सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सरकारले मंसिर ४ लाई आम निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *