मंसिर ४ मा आम निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो।

बैठकमा सहभागी एक नेताले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताए।

अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको उनको भनाइ छ। ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ। यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको हो,’-ती नेताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *