सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी : निर्वाचनको मितिबारे छलफल हुने

काठमाडौं ! सत्तारुढ पाँचदलको गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठक दिउँसो ३ बजेदेखि सुरु जनाइएको छ ।

आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । आजको बैठकले मंसिरमा निर्वाचन गर्ने कि अर्को महिनालाई सार्ने भन्नेबारे गठबन्धनको धारणा बन्ने जनाइएको छ। गठबन्धन भित्र मंसिरमा निर्वाचन गर्ने र नगर्ने दुई धार छ। यता प्रमुख प्रतिपक्षी दल एमालेले बने निर्वाचन मंसिरमै हुनुपर्ने भनि सरकारलाई दबाब दिई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *