प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति’bout अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।

‘प्रधानमन्त्री र प्रचण्डको मत एउटै छ, सके कात्तिक अन्तिम नभए मंसिर पहिलो साता प्रतिनिधि सभा निर्वाचन गरौं भन्ने उहाँहरूको मत छ,’ कांग्रेस स्रोतले भन्यो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *